छुनुमुनु गर्छ मृग मेरै पाखा पखेरामा ||
कस्ले हान्यो मट्याङ्राले दु:ख पोख्दै न्याउली रोयो
बिरहमा रुन्छ न्याउली कुर्ली कुर्ली अँधेरामा ||
बन जङल मासिदैछ मुल सुके खडेरिले
मिलीजुली आए सबै पानी पिउन पँधेरामा ||
अण्डा चोर्ने काले कौवा मुद्दा हाल्ले बकुल्ला पो
जम्भु मन्त्री मुखिया थे कोट अनी कचेरामा ||
जीतु खड्का (गाँउले)
मोरङ उर्लाबारी
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment