Pages

Saturday, June 02, 2012

गिती कबिता


मिलेर बसौ नेपाली हामी जातमा नगए 
नेपाली हामी रहन्छौ कहाँ नेपालै नभए!!


पुर्खाले लडी बचाइ राखे हाम्रो यो नेपाल 
कुटेर लिन्छौ फुटेर लिन्छौ भएन यो चाल!!


हाँसेर बाचौ मिलेर नाचौ एकता झल्काइ 
किटेर दार्हा नहिने हुन्न? खुकुरी टल्काइ !!


बुध्दले यहाँ छरेर गए शन्तिको संन्देश 
नेताले मारे जनता सारा बाँडेर प्रदेस!!


पसिना दाना पोखेर हेर नपोख रगत 
दाजु र भाई मिलेर बस नलड फगत !!



लुटेर खाउ भुटेर खाउ देशको सम्पती 
पिलेन चडी घुमेर आए नेता कै दम्पती !!


छेकिन्न ज्योति उदाए सुर्य हातले नछेक 
भाकामा भाका थपेर बस संबिधान् नलेख!!


रुदै छौ हामी देखेर हाल समाइ पुर्पुरो 
गर्न के सक्छौ लाचार हामी बिचरा बुबुरो !!


छोडेर गए सहिद हरु सपना अधुरो 
उज्यालो हट्यो यो आँखा बाट देख्दै छु मधुरो!!



जीतु खड्का 
मोरङ उर्लाबारी 

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: