Pages

Wednesday, August 15, 2012

गजल ९४



मैले खाने हर दानो रासन हजुरको 
चलाउनु भो मै माथि सासन हजुरको!! 

मान्नै पर्यो गरे हुन्छ हुकुम हजुरले 
ट्वाल्ल परि सुन्नै पर्यो भाषण हजुरको!!

गरीबको अधिकार दबाएर बस्नु भा को 
अचम्मैको देखे मैले आसन हजुरको !!


ताण्डब नृत्य गरे हुन्छ टाउको थापी दिए 
'गाउले'को थाप्लो माथि सिंहसान हजुरको!!

जीतु खड्का गाँउले 
मोरङ उर्लाबारी 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: