Pages

Sunday, August 19, 2012

गजल ९५


तिमी मेरो पाहुना हौ स्वागत गर्न छ 
सके सम्म तिमीलाई मदत गर्न छ||

हुन्छ भने हुन्छ भन नहुने भा छुन्न 
अर्काकै हौ अमानत हिफाजत गर्न छ||

भुलचुक लिने दिने पिरतिको खेलमा 
गर्दिन भो जाल झेल सुफत गर्न छ||


समयले कोल्टे फेर्दा बच्दैन जवानी 
बैश हुँदा सृजिएको बचत गर्न छ|| 

काँडा माथि राख्छु पाउ हुकुम भए त 
जति दिन्छौ देउ चोट खपत गर्न छ||

जीतु खड्का गाँउले 
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: