Pages

Sunday, August 19, 2012

गजल ९६


आज भोली दुनियाँको मती बिग्रिदै छ 
समयको चाल उस्तै गती बिग्रिदै छ !!

लाला बाला बिर्सिएर युबतिमा मख्ख 
प्रबासमा सुन्तलीको पती बिग्रिदै छ !!

अहमताले भरीपूर्ण मुखियाको छोरो 
सम्पतीको घमन्डले असती बिग्रिदै छ !!


उपचार नपाएर छट्पटीदा बिमारी 
डाक्टरको अभाबमा ओखती बिग्रिदै छ!!

बिकृतीको फल फल्ने शहरमा गाँउले 
जडियाको संगतले अती बिग्रिदै छ !! 

जीतु खड्का गाँउले 
मोरङ उर्लाबारी 
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: