Pages

Sunday, August 19, 2012

गजल ९७


गहभरी आँशु किन टिलपिल हुँदै छन
बल्झिएर घाऊ हरु थिलथिल हुँदै छन!!

झझल्कोले सताउ थ्यो सपनिमा प्राय जसो 
उही बिम्ब ई आँखामा झिलमिल हुँदै छन!! 

विश्वाशको अभाबमा एकताको बन्द मुठी 
फुके पछी पहाड नै तिल तिल हुँदै छन!! 



हेला गरी फ्याँकिएका बचनका बाँण हरु 
घोचिएका घाउ बल्झी आज खिल हुँदै छन ||

दुई मुटु एकै पारी कोरिएका प्रेम पत्र 
अहमताको अदालतमा मिसिल हुँदै छन!!


जीतु खड्का गाउले 
मोरंग उर्लाबारी 
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: