Pages

Sunday, August 19, 2012

गजल ९९

मित्रता त उच्च थियो सौगातमा तल परें 
गरीबिमा हुर्के बढे औकातमा तल परें ||

छुवाछुद समाजले फेरी छेक्यो पंधेरोमा 

दलितको छोरा न हुँ जातभातमा तल परें ||

सोझो भेटे हेप्ने सबै रितै यस्तो संसारको
बाध्यताले थिचिएछु खातैखातमा तल परें ||

मेरो घरको छानो बाट राती तारा उदाउथ्यो
तारा हेर्दै निधाउथे बर्षातमा तल परें||

अन्याय र अत्याचार चुपचाप हेरी बस्ने
दर्शक र रमितेको जमातमा तल परें ||

जीतु खड्का गाँउले
मोरङ उर्लाबारी
हाल-साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: