Pages

Monday, September 03, 2012

गजल १००


छरपस्ट भयो दु:ख समेट्न नै नसकिने
बडेमान हुँदै गयो अंचेट्न नै नसकिने |१| 

बिना निम्तो पिढी टेकी ढक्ढकाउदै मुलढोका 
फर्की फर्की आउदो रैछ लखेट्न नै नसकिने|२|

हलुङेको पाप्रो हो कि जाँच्न पाए हुन्थ्यो भाग्य
तेजाबी त्यो सुन जस्तो रगेट्न नै नसकिने|३| 


छुन खोज्दा झर्छ खुशी कर्कलाको पानी जस्तै 
सम्हालेर अंगालोमा लपेट्न नै नसकिने|४| 

सँधै पछी परेको छु जिन्दगीको गोरेटोमा 
गतिसिल छ समय त्यो भेट्न नै नसकिने |५| 


जीतु खड्का गाउले 
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: