Pages

Monday, September 03, 2012

गजल १०१


मध्यरात अंधेरिमा फेरी फुक्दै आयो 
मिर्मिरेको उजेलीमा जून लुक्दै आयो |१| 

हुने खाने भए पक्कै मागी खाने थे न 
ब्यर्थै किन रिसाउछौ फेरि झुक्दै आयो |२| 

जुनेलीले शित पोखी रातै भरी भिज्दा 
पारीलो त्यो घाम सँग आँफै सुक्दै आयो|३| 


तन्त्र मन्त्र भट्याउदा घाँटी दुख्यो क्यारे 
ख्वाँक्क खोक्दै खकारेर पिच्च थुक्दै आयो|४| 

पापी पेट पाल्न लाई मान्दैन उ लाज 
जोगी न हो पेशा उस्को दैलो ढुक्दै आयो |५| 

जीतु खड्का गाँउले 
मोरङ उर्लाबारी 
हाल -साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: