Pages

Sunday, September 16, 2012

मुक्तक


कथा ब्यथा उस्ता उस्तै कथन भिन्ना भिन्नै 
वेदनाको भारी उस्तै वजन भिन्ना भिन्नै !
चोट दिदै निस्ठुरिले मल्हम दल्छ फेरी 
दुख्ने मुटु उस्ता उस्तै वतन भिन्ना भिन्नै !
हिजो भन्दा आज बढ्ने सुसार गरे सुख 
सम्हालेर राख्ने उस्तै जतन भिन्ना भिन्नै !!

________________

यो पाली त मन्त्री हुने पालो मेरै हो 
मनोनित रास्टपती सालो मेरै हो ||
तर्सिन्छु म माया गर्दै गाला मुसार्दा 
कुनै बेला झापु खाको गालो मेरै हो ||
____________________________

मलाई तिम्रो शहरले मास्दै छ 
भलाई तितो जहरले मास्दै छ 
दिनहु नयाँ छन्दको छ बिकास 
गजल लाई बहरले मास्दै छ||

_____________________
मेरो आफ्नो पहिचान गुमेको छ यहाँ 
नेपालीको संबिधान गुमेको छ यहाँ ||
श्रम सक्ति घट्दै गयो प्रदेसीदा युबा 
शिक्षित र पलवान गुमेको छ यहा ||

_____________________
च्यातिएर धुजा धुजा भएको छ जिन्दगी यो 
खुम्चिएर मुजा मुजा भएको छ जिन्दगी यो |
कहाँ सुरु कहाँ अन्त्य थाहा छैन मेलो मेसो 
गुजुल्टेर गुजा गुजा भएको छ जिन्दगी यो |

जिन्दगीको यात्रा थियो समानन्तर रेखा जस्तो
जोडीएर भुजा भुजा भएको छ जिन्दगी यो !!


_________________________________________
पिलो र गाँठो उस्तै हुँदै होइन 
लोग्ने र नाँठो उस्तै हुँदै होइन |
सुन्दै छु गाली नाना भाती म पनि 
झ्याक्ने र जाँठो उस्तै हुँदै होइन ||
___________________________
अल्लारे त्यो जवानी मै नसल सुक्दै छ रे 
अंध्यारोमा बैश बेच्ने पसल सुक्दै छ रे ||
तन्देरीका हुल हुन्थे यौवन फूल्दा तिम्रो 
लह लह झुलेको त्यो फसल सुक्दै छ रे||

____________________________________________
फेरी अर्को घोचो बोकेर आए कोही 
अग्लो सँग होचो बोकेर आए कोही |
उस्तै राम्रो हुन्न पुरानो नयाँ जस्तै 
सग्लो सँग पोचो बोकेर आए कोही|
अचम्मै छ गाँठे तरुनी देख्दा यहाँ
मिलाउन चोचो बोकेर आए कोही||

________________________________________
सत्र मुजा परेकी त्यो चाउरीले बोलाउछे 
सुके नाश लागेकी त्यो दाउरिले बोलाउछे|
अह म त जादै जान्न भन्दा पनि कर गर्दै 
तीन बेत हानेकी त्यो झ्याउरीले बोलाउछे|

यथार्थ लाई बिर्सिएर आदर्शको कुरा छाट्दै
आँफैलाई महान ठान्ने फ्याउरीले बोलाउछे||

_____________________________________________
आफ्नो घर आँगनीमा लुते कुकुर बाघ हुन्छ 
भदौ लाग्दै आँखा फुटे पराल पनि साग हुन्छ|
मैले हिंन्दा बाटै गनायो उस्ले पाद्दा वास्ना भयो 
बुझी राख तिमीले नि गु को लिडमा राग हुन्छ||

____________________________________
मोरिको कम्मर छिनेको सार्है मन पर्‍यो 
ठिनिक ठिनिक हिनेको सार्है मन पर्‍यो|
सुन ए नक्कली नकिन सारी अनी चोली 
बुथुरे जामा पो किनेको सार्है मन पर्‍यो|
बनायो रुपया पैसाले अन्धो तिमी लाई
पलेटी कसेर गिनेको सार्है मन पर्‍यो||


_____________________________


के के भयो भन्दिन म हिजो राती अंधेरीमा
बुझ्ने भए आए हुन्छ मुखियाको कचेरीमा|
अस्तित्वमा लायौ दाग दोषी कहाँ देख्यौ मलाई
लुटिए म आज आफ्नै आँगनी र मझेरीमा||


_____________________________




जीतु खड्का गाउले 
मोरङ उर्लाबारी 
हाल साउदी अरब 


Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: