Pages

Sunday, September 16, 2012

गजल १०८


मंञ्चन अघिको काहानी छ म संग 
आँशुले भिजेको सिरानी छ म संग|१| 

सक्दिन उड्न म फिजाएर पंखेटा 
अवधी नाघेको राहादानी छ म संग|२| 

कसरी गरु म त्यो समुन्द्र मन्थन 
नेती पो छिनेको मधानी छ म संग|३| 


स्वार्थी छ जमना को पो छ र अछुतो ?
स्वार्थले छोपेको बैमानी छ म संग|४| 

के सक्छ स्वीकार्न दुनियाँले मलाई ?
अस्मिता लुटिएको जवानी छ म संग|५| 

जीतु खड्का गाउले 
मोरङ उर्लाबारी 
हाल -साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: