मलाइ मेरै जिन्दगीले सतायो
पिउदा आँशु आँशुले नै मतायो ||
मरिच जस्तै चाउरे यो मुहार
अभागी रै छु निधारैले बतायो||
अभाब भित्र कठाङ्रिदै जामेको
थिए म आज भोको पेटले ततायो||
दुनीया सबै स्वार्थी छन सुने थे
आज यो समयले नै जतायो ||
सकिन बुझ्न जिन्दगीको झमेला
जिली न गाँठी खोइ के हो कता यो||
जीतु खड्का गाउले
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
1 सुझाबहरु:
gajjab baneko chha gajal jitu sir
Post a Comment