Pages

Monday, November 26, 2012

गजल १३५



गफाडीको हलो नार्दै गजल लेख्छ मान्छे 
फुर्सदमा माखो मार्दै गजल लेख्छ मान्छे||

अहमताले भरीपूर्ण पागल मुर्ख संग 
घमन्डको सेखी झार्दै गजल लेख्छ मान्छे||

कनी कुथी जोर जाम काफिया र रदिफ 
सब्द जोडी झारो टार्दै गजल लेख्छ मान्छे||


वास्तबिक कुरा लुकाइ कल्पित कुरा गर्दै 
भावनाको भ्रुण सार्दै गजल लेख्छ मान्छे||

खुर्पाको बिड नबुझे त श्रीखन्ड बुझ्ने लाई 
आँफै भित्र निखार खार्दै गजल लेख्छ मान्छे||

जीतु खड्का गाउले
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish