आँधी र हुरी चलेकै रै'छ
खोपिमा दियो बलेकै रै'छ||
दोबाटो हेर्दै रुदै थि बैनी
दिदीको मुहार गलेकै रै'छ||
रोकिन्न रैछ समय चक्र
घडीको पला ढलेकै रै'छ||
सोचेको जस्तो भएन यहाँ
भाग्यले कर्म छलेकै रै'छ||
प्यारीको हाल सोधे थे मैले
दु:ख र सुख टलेकै रै'छ||
जीतु खड्का गाउले
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish