यो देशको राष्ट्रपती सालो उस्कै अरे
यो पाली त मन्त्री हुने पालो उस्कै अरे ||
सुन देखी नुन सम्म सियो देखी दियो
के छ हाम्रो?कात्रो बेर्ने टालो उस्कै अरे||
सिसी देखी ॠषि सम्म टाटा देखी बाटा
थोत्रो मोत्रो भए जती कालो उस्कै अरे||
पौरखी म नेपाली हुँ गर्ब कहाँ गरु ?
नेता ज्युले मागी खाने डालो उस्कै अरे||
सहमती किन हुन्न? सोच्दै थिए म नि
राजनितीमा ओछ्याएको जालो उस्कै अरे||
जीतु खड्का गाउले
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish