Pages

Tuesday, January 22, 2013

गजल झै

कन्या राशी लम्पट हरु केटा देख्दा तर्सिए
आँफै बुढो आफु भन्दा जेठा देख्दा तर्सिए|| 

मिनी स्कट हेर्ने आँखा के हेर्थ्यो र भोटो 
गाउलेको यो दौराको नेफा देख्दा तर्सिए||


आदर्शका खोक्रा कुरा नाङ्गो भए पछी 
उधो मुन्टो लाएका थे यता देख्दा तर्सिए ||

सुन्दरीका साँप्रा देख्दा लाइक ठोक्ने नीति
यो भित्ताको उस्तै आफ्नो बेथा देख्दा तर्सिए ||



जीतु खड्का गाउले 
मोरङ उर्लाबारी 

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish