Pages

Monday, May 06, 2013

गजल


आधा गाग्रो पानी न हो छल्कनु त स्वाभाबिक हो 
बारुध माथि सलाई कोर्दा सल्कनु त स्वाभाबिक हो ||

आज भोली गजल चोरी खुबै हुन्छ सुन्छु म नि 
दुध चोर्ने बिरालो हो पल्कनु त स्वाभाबिक हो ||

घमण्डको पोको भिरी छाती ठोक्दै कुरा गर्छ 
आधा ज्ञान सुन्यता हो झल्कनु त स्वाभाबिक हो ||

दिनभरी चुप बस्छ छैन उ मा घमण्ड केही 
कोहिनुर हिरा न हो टल्कनु त स्वाभाबिक हो ||

पहराको आड लिई माली लाई घोच्ने बिरुवा 
पहाराले साथ छोड्डा ढल्कनु त स्वाभाबिक हो ||

जीतु खड्का गाँउले
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish