ठाक्क ठुक्क परे पछी बुढी माइत गै
मैले आँखा तरे पछी बुढी माइत गै ||
जडिया पो भन्दी रैछे आफ्नै लोग्ने लाई
मैले दागा धरे पछी बुढी माइत ||
सुध्रेन खै बानी पनि त्यो चिरिप्पै तान्ने
म भट्टिमा झरे पछी बुढी माइत गै||
माते पछी होसै उड्ने जडियाको जात
रातै भरी गरे पछी बुढी माइत गै ||
(यहाँ गलत नबुझ्नु होला रातै भरी किच किच गरे पछी हो)
खातै खात समस्यामा बसी सहेर नै
समस्या पो टरे पछी बुढी माइत गै||
जीतु खड्का गाँउले
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish