Pages

Monday, May 06, 2013

गजल

मुसुक्क मैया मुसुक्क 
दुनियाँ पार्यौ भुसुक्क |१| 

संसार सारा ढाँटेर 
निर्णय लियौ खुसुक्क|२| 

जवाफ किन दिएनौ 
भागेर गयौ लुसुक्क |३| 


झुटको बिज रोपेर 
मुहार पार्यौ चुसुक्क|४| 

बोको झै ह्वास्स गनायौ 
नबस छेउमा टुसुक्क |५| 

नसोच तिमी यसरी 
गाँउले भयो ठुसुक्क|६| 

जीतु खड्का गाँउले
मोरङ उर्लाबारी
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish