Pages

Sunday, May 12, 2013

गजल

अझै धेरै प्रगती खोजिरहेछु
मुर्धो जाग्ने ओखती खोजिरहेछु||

लैला मज्नु मुना मदन बनेर
अमर हुने पिरती खोजिरहेछु ||

भन्दै थिन दुर्गाले त्रिसुल बोकेर
पापी दुष्ट असती खोजिरहेछु|| 

फेरि अर्को कलह नहोस् भनेर
बिमतिमा सहमती खोजिरहेछु ||

निहाल्दै छु जिन्दगी गल्ती कहाँ भो
थिए गल्ती जे जति खोजिरहेछु ||

मेरो भाग्य लेख्न नै बिर्सिने दैव
कहाँ छस ए नियति खोजिरहेछु

जीतु खड्का गाउँले
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish