Pages

Monday, June 03, 2013

गजल



भुलुक्क गुन्द्रुक उमालेर खाँदा  
हाँस्छ यो दुनियाँ नुनहालेर खाँदा||

आँफैले कमाइ भकारीमा राखे
के गल्ती भो मेरो निकालेर खाँदा||

असाध्दै लजायो त्यो बेगारी आज
नसकी नसकी उचालेर खाँदा ||

नखाइ अघाँए म परिवार मेरा
आँखैको अगाडी बसालेर खाँदा||

के हुन्छ मलाई गाँउले न हुँ म
बनको भ्याकुर पखालेर खाँदा ||

जीतु खड्का गाँउले 
मोरङ उर्लाबारी 


Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish