Pages

Monday, June 03, 2013

गजल

फर्की फर्की हेर्नु किन? आँखा जुधाएर 
जानु रैछ छोडी गयौ मलाइ रुवाएर |१| 

धुजा धुजा पारी दियौ मुटु भित्र राख्दा 
फेर्दै छु म सास अझै त्यही सिलाएर |२|

जती भुल्न खोज्छु उति याद हरु बढ्दा
खुइया गर्छु यो मनको भारी बिसाएर |३| 


पागल थ्यो मर्यो भन्नु खोज्न आए कोही 
हराएछु भने कतै बाटो बिराएर |४|

भोली हुँला नहुँला म सम्झिएछौ भने
कही कतै होला फोटो हेर्नु उठाएर|५|

जीतु खड्का गाँउले
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish