Pages

Tuesday, June 11, 2013

गजल

दर्शका मात्र खोक्रा नारा थिए बजारमा
नबुझेरै पछि लाग्ने सारा थिए बजारमा||

झुक्याएछ ब्यापारीले सोझा साझा भेटेपछि
र त भन्थे आकाशका तारा थिए बजारमा||

पहिचान लुकाएर कुरा गर्ने लाछीहरू
पुतलीका खोल भित्र छेपारा थिए बजारमा||


विकासको ओकालत भो प्यासै मर्यो बटुवा त्यो
थे'न पानी मात्र सुख्खा धारा थिए बजारमा||

देह ब्यापार हुदो रै'छ दिउसै यो नगरीमा
होटलका कोठा सारा अँध्यारा थिए बजारमा ||

जीतु खड्का गाउँले
मोरङ उर्लाबारी

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish