Pages

Tuesday, June 11, 2013

गजल

सपना देखाइन्छ र हतियार बोकाइन्छ 
शहीद बनाइन्छ र फूलमाला चढाइन्छ ||

खेती हो राजनीती हाम्रो देश नेपालको 
झुपडी जलाइन्छ र नारा जुलुस लगाइन्छ ||

घरमा वीरता र बहादुरी देखाइन्छ 
सिमाना लुटाइन्छ र घोचाघारा बँचाइन्छ||


मंञ्चमा नेता ज्युले कुर्लिएर भाषण छाँटे 
को बोल्छ लौ हेरु त बोल्नेको तिघ्रो ठटाइन्छ || 

देशको शिक्षानिती नै अनौठो लाग्छ मलाई 
इन्जिनियर पढाइन्छ र कोदालो खनाइन्छ||

जीतु खड्का गाँउले 
मोरङ उर्लाबारी

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish