Pages

Monday, June 03, 2013

गजल

चिन्तन र मननले सुखी हुने भए? 
गाँउथे म भजनले सुखी हुने भए ?

किन घोट्थे दश नङ्रा संधै मैले यहाँ 
उस्का दिब्य बचनले सुखी हुने भए?

मिर्मिरेमा चिप्लिएर झर्दैन थे होला 
जून तारा गगनले खुशी हुने भए||


परिवर्तन किन खोज्थे दुनियाँले आज 
पुरानो त्यो चलनले खुशी हुने भए||

आजै देह त्यागीदिन्छु भन मात्र प्यारी 
तिमी मेरो निधनले खुशी हुने भए||

जीतु खड्का गाँउले 
मोरङ उर्लाबारी 
हाल- साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish