Pages

Wednesday, June 19, 2013

गजल

भस्ट्रचारको खुलासा भो देहाय बमोजिम 
सम्बन्धित मन्त्रलाय निकाय बमोजिम||

मन्त्री लाई छड्के प्रश्न तेर्सायो अख्तियारले 
हजुरको महल बन्छ?यो आय बमोजिम||

कसरी म विश्वाश गरौ पराइ मान्छे लाई 
छुरा घोप्ने आफ्नै थिए पराय बमोजिम||


गाडीले नै कुल्चने भो जडियालाई आज 
हात पाउ टेकी हिन्थ्यो चौपाय बमोजिम||

सर्बोच्चले अपराधी घोषित गरे पछी
भोग्दै छ उ उल्लेखित सजाय बमोजिम||

जीतु खड्का गाँउले 
मोरङ उर्लाबारी

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish