Pages

Monday, June 24, 2013

गजल

निन्द्रा सँगै याद आउछ हर रात निदरीमा
र त एक्लै बर्बराउछु अचेत भै बेहोसीमा ||

एक्लो भाछु हिजो आज बिरानो यो मुङ्लानमा 
सँधै साथ उन्कै हुन्थ्यो उकाली र ओरालीमा||

उन्कै याद छाती भित्र खिल बनी गडेको छ 
मुटु भित्र उन्कै याद तस्बिर हुन्छ सिरानीमा||


सामना त हुने थियो भिड्न आए सामुन्नेमा 
छुरा धसी गए आफ्ना मेरो पिठ पछाडीमा||

गजल कोरी एकै छाक जोहो गर्न नसक्ने भा 
फरक के भो महोदय झापाली र अछामीमा||

जीतु खड्का गाउले 
मोरंग उर्लाबारी

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish