Pages

Monday, June 24, 2013

गजल

जता ततै उर्लेको छ बाढी गजलको 
दोसल्ला नै ओढाउ कि राडी गजलको||

चालक त्यो खराब कि बाटो खराब हो 
बाइरोडमा ल्याम्म भास्यो गाडी गजलको|

बहर बाट लय हुँदै आयो आधुनिक 
अब प्याट्ट फुट्छ होला हाँडी गजलको||


ईन्द्र सामु बयान गर्दै स्वर्ग नारदले 
दम खोज्दै छाम्न थाले नाडी गजलको||

गाँउले नि बनाउदै छ हिजो आज यहाँ 
अनुप्रास शब्द रोपी झाडी गजलको ||

जीतु खड्का गाँउले 
मोरङ उर्लाबारी

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish