Pages

Monday, June 03, 2013

४ शेरे गजल

कती मिच्छौ सिमाना यो हग्ने ठाउँ मिची सक्यौ 
कहाँ फेर्नु पिसाब अब बग्ने ठाउँ मिची सक्यौ ||

मुलढोका मै तगारो छ घरै भित्र बन्दी भएँ
मझेरी मै लास कुन्छ लग्ने ठाउँ मिची सक्यौ||



हेर्दा हेर्दै लुट्यौ सारा बाँकी के नै रहयो मेरो?
अब ठग्नु पर्दैन भो ठग्ने ठाँउ मिची सक्यौ||

चोट माथि चोट खाप्दा छाती मेरो अचानो भो
नफुकाल आँखा तिम्रा डग्ने ठाँउ मिची सक्यौ||


जीतु खड्का गाँउले 
मोरङ उर्लाबारी 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish