Pages

Monday, June 03, 2013

गजल

थुतुनो   चलाए हानाहान भएन 
विवाद झिकियो समधान भएन||

मञ्चमा बाचन गरेर उ फर्कियो
गजल कि हाइकु पहिचान भएन||



रिबन काटियो उद्घाटन भब्य भो
भन्दै थे नेता ज्यु चियापान भएन||


मान्न म तयार थेँ गजलका पिता नै
खाली थ्यो आसन बिराजमान भएन||



आए थे पाहुना बाटै बाट फर्किए
गाँउलेको झुपडी सिँहसान भएन||

जीतु खड्का गाँउले 
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish