Pages

Tuesday, June 11, 2013

गजल

बादलुले आँशु पोख्यो घाम हुँदा सामुन्नेमा 
बटुवा त्यो भिज्दै थियो गाम हुँदा सामुन्नेमा||

हुतिहारा रै'छन राम रावणनै पराक्रमी 
सिता मैया हरीलग्यो राम हुँदा सामुन्नेमा||

हर चिज बिक्छ यहाँ बिकाउ छ बजार यो 
नेता ज्युको इमान बिक्छ दाम हुँदा सामुन्नेमा||


ब्यापारीको मनमानी छ धैर्यता छ नेपालीमा 
पेट्रोलपम्प बन्द हुन्छ लाम हुँदा सामुन्नेमा||

लाज लाग्छ नेपालीलाई काम गर्न नेपालमा 
बेरोजगार भँए भन्छ काम हुँदा सामुन्नेमा||

न्याय अन्याय हेर्ने आँखा चिम्लेपछि स्वयम्भुले 
बलत्कार त्यही भयो धाम हुँदा सामुन्नेमा ||

जीतु खड्का गाउँले 
मोरङ उर्लाबारी

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish