Pages

Tuesday, June 11, 2013

गजल

धर्ती गड्छ आकाश खस्छ प्रलय हुनेछ 
अनि मात्र नौलो संसार उदय हुनेछ |१| 

ईतिहास दोहोरिन्छ र युग फेरिन्छ 
समय लाग्छ एक दिन निश्चय हुनेछ|२| 

श्रीकृष्णले भागवत गीतामा भन्नु भो 
कुरुक्षेत्र जिन्दगी हो बिजय हुनेछ  |३| 


संन्यासी र योगीहरू दिउसै लुटिने 
कलियुगमा त्यस्तो पनि समय हुनेछ |४| 

कलियुग भरिने छ पापको घडाले 
त्यो बेलामा अनूनय बिनय हुनेछ |५| 

जीतु खड्का गाउँले 
मोरङ उर्लाबारी

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish