Pages

Tuesday, June 11, 2013

गजल

आरोप लगायो अपराधी बनायो 
न्याय माग्नलाई अदालत पठायो||

यस्तै छ नेपाल सरकार निकम्मा 
झरी परेपछी लोडसेडिङ बढायो||

नयाँ नेपालको सपना देखाएर 
मट्टीतेल छर्की आफ्नैघर जलायो||

जुरुक्क उठेर भन्यो वार्ता भङ भो 
बिद्रोह मच्चाउन हतियार समायो||

गज्जबको सुरक्षा नेपाल प्रहरीको 
घटना घटेसी सुरक्षाकर्मी खटायो|| 

जीतु खड्का गाँउले
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish