Pages

Tuesday, June 11, 2013

पुचुङ्रे गीत

आँप फल्यो लटरम्म बोडी तर्ल्यांङ् तुर्लुंग 
तम्सिएर उठी बुढी लडी गम्र्यांग गुम्रुङ 

ए होइ होइ किन हो टोलाको 
सुनेनौ कि कसो बुढीले बोलाको ........

आँखा साँखा देख्नु छैन गर्छे लार्यांङ् लुरुंङ्ग 
सुतेका थे भल्ट्याङ भुल्टुङ उठे भर्यांङ् भुरुंङ्ग 
ए होइ होइ किन हो टोलाको 
सुनेनौ कि कसो बुढीले बोलाको......



जीतु खड्का गाउले 

टुडीखेलमा घोडा कुद्यो पुछार ठाडो पारी 
बुढेसकालमा मायाँ बस्यो केलाई पाल्नु दार्ही |

ए होई होई घाम लाग्यो घमाइलो 
आउ बस छेवैमा गरौ रमाइलो ................

बुढेसकालमा पिरिम बस्यो किन्दे रातो सारी 
चुप्पा चुप्पी मोही खादा घोच्छ भन्छे दार्ही 

ए होई होई घाम लाग्यो घमाइलो 
आउ बस छेवैमा गरौ रमाइलो ....
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish