Pages

Sunday, November 20, 2011

गजल

बाध्यताले रुमलिदै यही फर्किएर आएँ
बिछोडमा झर्यो आँशु त्यही छर्किएर आएँ ||


कती चिरा भयो मुटु बेदनाको भुमरिमा
भुकम्पले चर्किए झै आँफै चर्किएर आएँ ||


कता जाने बाबा भन्थी तोते बोल्ने बालाखा त्यो
पापा किन्न जाने नानी भन्दै तर्किएर आएँ ||


अभागी छ पुर्पुरोनै वाक्क लाग्छ संम्झिदा नि
रिसाउदै आँफै सँग आँफै झर्किएर आएँ ||


कस्को आँखा रसाउदैन?आफ्नो गाउ घर छोड्दा
भयो आँशु गहभरी अनी सर्किएर आएँ ||


जीतु खड्का (गाँउले)
मोरङ उर्लाबारी
हाल -साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

1 सुझाबहरु: