Pages

Monday, December 26, 2011

गजल


बादलुमा जून लुक्दा तारा हेर्दै टोलाएछु 
बिरहले मुटु दुख्दा भक्कानिदै बोलाएछु !!


आँखा मैले चिम्लिए'नी दृष्‍य उही  परेलिमा 
उही  आउने बाटो हेर्दै अनायासै लोलाएछु !!



पोको पारी राखेकै'थे पिडा हरु सम्हालेर 
बेदनामा रुमलियौ ब्यार्थै पोको खोलाएछु !!


मरे तुल्य बाँचेकै छु छाती भरी चोट बोकी 
पाक्यो क्यारे कलेजोनै सुन्निएर गोलाएछु !!


हृदयमा चोट लागे मल्हम दल्नु भनेकै थ्यौ 
हरहरी नै जल्यो आँत चुक अमिलो मोलाएछु !!


जीतु खड्का गाउले 
मोरङ उर्लाबारी 
    

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: