Pages

Sunday, December 25, 2011

गजल (झापालि केटा हरुको बोलि )


ए ब्रो रड्डी चै हैन है बबाल हुन्छ फेरी
प्वाक्क दिदा थोपडामा रुमाल हुन्छ फेरी !!

झ्याप्प दिन्छु खुकुरीले झुर चै होइन है
दुरेंन झैँ मेरो नाम कमाल हुन्छ फेरी !!


झ्यापमा छु यार म त निकाल ड्रम सेड
च्वाक धुन निस्क्यो भने धमाल हुन्छ फेरी !!

बुज हान्छ सुड्डो अझै लोकल ठर्‍रा तान्छ
मान्दैन हौ बुढो मृत्‍यु अकाल हुन्छ फेरी !!

पूर्व झापामा ठिटा केटा हरुको रैथाने भाषा
रड्डी = बक्बास
थोपडा = अनुहार
झुर = नराम्रो
दुरेन = दमकको डन
झ्यापमा = मातेको
च्वाँक = राम्रो
बुज = नसा
सुड्डो = बुढो बाउ
ठर्‍रा = रक्सी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: