Pages

Thursday, December 29, 2011

गजल (रेडियो राजधानीको प्रस्तुती - स्पन्दनम )प्रसारित


खुशी हरु बलेसीमा चुए पछी आयौ तिमी 
आशा हरु मझेरिमा तुए पछी आयौ तिमी !!

चलेकै छ आँधी हुरी थामेकै छु अझै पनि 
भरोषा नै खडेरीले नुँहे पछी आयौ तिमी !!


सक्दिन म पलाउन ओइलिएर मरी सकें  
तुसारोले जरै सम्म  कुए पछी आयौ तिमी !!

पानी माग्दै रोइ बसे लडाईंको मैदानमा 
मुहार यो रगतले धुए पछी आयौ तिमी!! 

यो गजल यो लिंक मा पनि सुन्न सक्नु हुनेछ 

http://www.sirjanakalaharharu.com/2011/12/dec-27th-2011.html


जीतु खड्का ( गाउले )
मोरंग उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: