Pages

Thursday, December 29, 2011

गजल


बाध्यताको जंजिरले कती कस्छ अझै पनि  
गरीबिको भुमरिले कती डस्छ अझै पनि !!

दु:ख माथि पीडा थप्छ निस्ठुरी छ दैब पनि 
समयले छुरा पनि कती धस्छ अझै पनि !!


बज्रपात परेकै छ फेरी छोरो बिमारी भो 
शिर माथि चट्याङ कती खस्छ अझै पनि !!

थाकी सके दु:ख सँग लड्दा लड्दै झुप्रो भित्रै 
दु:ख मेरै झुपडिमा कती बस्छ अझै पनि !!

जीतु खड्का (गाउले )
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: