Pages

Friday, December 30, 2011

गजल (शुभ कामना )


फेरी आयो नयाँ बर्ष हाँस्दैछु म आज फेरी 
बिगतका दु:ख सबै मास्दैछु म आज फेरी  !!

पात्रो नयाँ फेरिएछ दु:ख उही पुरानो छ  
दु:ख संगै मितेरी'पो गाँस्दैछु म आज फेरी  !!

मुटु भित्र चोट बोकी रुन्चे हाँसो हाँसेकै छु 
रितिन्छ कि आँशु भन्दै साँच्दैछु म आज फेरी !!


भुल्या छैन खिल हरु अतितमा पल्टिएका 
त्यसैले त तिखा काँडा भाँच्दैछु म आज फेरी!!

रितीरिवाज ढाकी सक्यो कुरितिको तुवालोले 
कुरितिका झ्याङ हरु छाँस्दैछु म आज फेरी !!

कस्तो बस्यो परम्परा बिदेशीको प्रभाबले  
बिकृती त्यो आफै बाट नास्दैछु म आज फेरी !!


नया बर्ष २०१२ को उपलक्ष्य अनि 
गुरुङ समुदायले मानिने ल्होसार पर्बको हार्दिक शुभ -कामना

जीतु खड्का (गाउले )
मोरंग उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: