Pages

Thursday, December 29, 2011

गजल (घायलको तरही मुसायरा २७को मिसरामा पर्न सफल )



हिमालको काख भित्र लुकेको छ मेरो देश
मेची काली फैलिएर फुकेको छ मेरो देश

खाटा पनि बस्या छैन घाऊहरु अतितका 
द्वन्द भित्र पिल्सिएर दुखेको छ मेरो देश ||

कती बने योजना त आल्मारी मै थन्किए ती 
पाएका ती मौकाबाट चुकेको छ मेरो देश ||


खडेरीको महामारी कुरा सुन्छु मेलम्चिको 
खेर फाली जलस्रोत सुकेको छ मेरो देश ||

घट्दैन भो गरीबी त नेता मोटा हुँदै जाँदा 
मौलाउदा भस्टचारी झुकेको छ मेरो देश ||

जीतु खड्का (गाउले )
मोरंग उर्लाबारी 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: