Pages

Friday, January 27, 2012

गजल


नुन खोज्दै प्रदेशीएं सुन छैन म सँग त 
अंध्यारोमै हुर्केको हुँ जुन छैन म सँग त !!

सँगै मर्ने सँगै बाँच्ने बाचा कसम बिर्सिएर 
छोडी जाने बैगुणी हुँ गुण छैन म सँग त !!

पोख्दिन'भो मेरा ब्यथा गजल बन्छ बनाए त 
चखेवाको कथा मात्र धुन छैन म सँग त !!


मुटु काम्ने जाडो संगै लुकामारी खेल्दै छु म 
रात संगै चिसिदै छु ऊन छैन म सँग त !!

न्यार न्यार रुन्छ शिशु कस्ले छोड्यो दोबाटोमा 
आँटो पिठो खाँदैन त्यो थुन छैन म सँग त !!

अभाबमा पिल्सेको छु नजलाउ तिमी पनि 
लाली क्रिम माग्छौ तिमी लसुन छैन म सँग त !!

©जीतु खड्का 2012 सर्बाधिकार सुरक्षित
 जीतु खड्का (गाउले )
मोरङ उर्लाबारी 
हाल -बालुवाटार 
साउदी अरब 

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: