Pages

Wednesday, January 18, 2012

मेरो भैरे

मेरो भैरे नि गज्जबको छ
उस्लाई नि फेसबूक को चक्कर चलेछ
भैरे अचेल अलिक बिमार परेको छ फेसबूक छिरे पछी
बिमार उही त हो love लप्पु परेछ डाक्टरी भाषामा भन्नु पर्दा
लबेरिया भएछ मोरालाई
यहाँहरुको जानकारीको लागी भन्नै पर्‍यो मोरो भैरे अलिक कालो छ ।
एक दिन च्याटमा कुरा गर्दा उस्की प्रेमिकाले भनिछ
छ्या ! तिमी त कस्तो कालो बाई.... "
यो कुराले भैरे लाई चिन्तित बनायो 
भैरे लाई पर्नुसम्मको टेन्सन परेछ र गोरो हुने केही उपाय छ कि भनेर डाक्टरकहाँ सल्लाह लिन पुगेछ र आफ्नो गुनासो पोख्दै
भैरे भन्छ " डाक्टर सा'ब, लौ न मलाई गोरो हुने उपाय बताईदिनु पर्यो "
भैरेको कुरा सुनिसकेपछि डाक्टर सा'बले भन्नु भो -
"बाबु भैरे तिमी दुध पिईने गर,
तिम्रो छालाको रङ्ग गोरो हुदै आउँछ ।
अनि डाक्टरको कुरो सुनेर
भैरे रन्किदै भन्छ " डाक्टर हुँ भन्दैमा न'भा - न'भा कुरा नभन्नुस्। दुध पिउँदैमा गोरो हुने'भा भैसीको पाडो किन कालो भा'त
भैरे खिस्स हास्छ
डाक्टर ट्वाल्ल परेर हेर्छ
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: