सार्है राम्री देखिन्छौ है फुर्काएको छैन मैले !!
जाडोको यो मौसममा तातो चिया पिउदै थिए
चिया खसी लुगा भिज्यो तुर्काएको छैन मैले !!
तिमी हुन्छौ जब टाढा पिर पर्छ मलाई नै
पिर परी केश झर्यो खुर्काएको छैन मैले !!
बगैचामा फुल्दा फूल मनै आनन्द भो
मलजल गरेकै हुँ हुर्काएको छैन मैले !!
नजरैले हानी हानी मायाँजाल बुने मैले
माँयाको त्यो डोरी कसें सुर्काएको छैन मैले!!
भैरे भन्दै नहेप है बुबु मात्र खाएको छु
सत्य सत्य धरोधर्म गुर्काएको छैन मैले !!
जीतु खड्का
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
Kathmandu 
0 सुझाबहरु:
Post a Comment