Pages

Friday, February 10, 2012

गजलमा नेपाली छन्द (बहरको) प्रयोग

गजलमा नेपाली छन्द (बहरको) प्रयोग
(- santosh spandan द्वारा साभार )

गजल नेपाली साहित्यमा सर्बाधिक लोकप्रिय विधा स्थापित भैसकेको छ |गजल सम्बन्धि नियम जानेर या नजानेर गजलको सिर्जना गर्ने गजलकारको संख्या दिनानुदिन बढ्दो छ | बिभिन्न संचार माध्यमबाट गजलका नियमबारे सूचना साथै गोष्ठी , संगठन समारोह जस्ता बिभिन्न क्रियाकलापको प्रक्रिया पनि दिन प्रतिदिन बढ्दै गैरहेको छ |तिनै संचारका माध्यमबाट डा. कृष्णहरी बराल, मनु ब्राजाकीका अन्तरबार्ताहरु सुनेका पनि छौ | उहाहरु भन्नुहुन्छ गजललाई बहरमा लेखिएन भने कविता हुन्छ | यस्तो सिर्जनालाई गजल नभनिकन गजलको स्वरुपमा लेखिएको कविता भन्नु उपुक्त हुने उहाहरुको भनाइ छ |
 गजलका सामान्य नियममा आधारित रहेर गजल सिर्जना गर्नु निकै नै सजिलो छ तर शास्त्रीय बहरहरुमा निपुणता प्राप्त नभएका गजलकारहरुलाई शास्त्रीय बहरहरुमा गजल सिर्जना गर्नु जटिल बिषय हो |शास्त्रीय बहरमा गजल रचना गर्न रुक्न (गण) र अर्कान (गण संकेत वा गणहरुको मेल) को साथै बहरहरुको यथेस्ट जानकारी हुनु आबस्यक छ | नेपाली बहरमा गजल लेख्दा वा स्वनिर्मित छन्दमा गजल लेख्दा वर्णमात्रिक छन्दको आवस्यकता पर्दैन मात्रिक छन्द नै पूर्ण हुन्छ | मात्रलाई आधार मानेर पनि गजलहरु लेखिएका छन् |मात्रामा आधारित बहरहरुमा लयमा आबद्द गजलका शेरहरुको अक्षरको होइन ,मात्राको गणना हुन्छ |गजलमा मात्राको गणना गर्दा ब्याकरणको नियम अनिवार्य हुदैन | लेख्दा बकरणको नियम अनुसार लेख्ने र उच्चारण गर्दा लयलाई आधार मानी उपयुक्त ढंगले ह्रस्वलाई दीर्घ र दीर्घलाई ह्रस्व गर्न सकिन्छ | यस्तो नियमलाई मात्रा गिरावटको नियम भनिन्छ |

शक्ति बिनाको दिल अभिलाषी
आशा लाग्ने बन्न प्रत्याशी

 – डा. घनश्याम परिश्रमी
बास्तबमा लयुक्त उच्चार्य अक्षरको एकरुपता आफैमा एक प्रकारको छन्द हो | नेपालीमा प्राथमिक कालिन गजलहरु शास्त्रीय छन्दमा नै लेखिएको थियो |
 बिस्तारमा ललिजन रावल ,मनु ब्राजाकी आदिले उच्चार्य अक्षरको एकरुपतालाई आधार बनाएर गजल लेख्न थाले | हाल अधिकांस गजलकारहरुले यहि परम्परालाई निरन्तरता दिनु भएको छ |यो नियम या पद्दति नया गजलकारहरुलाई सिक्ने सजिलो माध्यम पनि बनेको छ |

 नेपाली गजलमा प्रयोग गरिएका केहि शुत्र र गजल शेर :

१ चार चार अक्षरमा यति हुने ८ अक्षरको मिसरा

 बिरामी छ/ माटो यहाँ -(४ x २ शुत्रको)
 बिग्रको छ/ बाटो यहाँ

 – डा घनश्याम परिश्रमी (घामको छहारीमा )

 २ तीन तीन अक्षरमा यति हुने ६ अक्षरको मिसरा (३X २ शुत्रको )

 सतायो /भोकले
 दुख्यो मन /शोकले

छ खुद्रा /मारमा
 दबायो /थोकले
 – डा घनश्याम परिश्रमी (प्रतिभा -२०६१)

३ पाँच पाँच अक्षरमा यति हुने १० अक्षरको मिसरा (५+५ शुत्रको)

 एउटा साथी /मारेर गयो
 याद मुटुमा /छरेर गयो
 – राजेश्वर रेग्मी (झिझिल्का : गजलबिशेस)

प्रिय केहि त /दिएर जाउ
 फाटेको दिल /सिएर जाउ
 – सुमित्र वान्ग्देल चेली (गंगाजल )

४ चार चार अक्षरमा यति हुने १६ अक्षरको मिसरा (४X ४ शुत्रको)

ह्र्दयको /अगेनामा/ फेरी आगो /बाले हुन्छ
 हुन्छ साथी/ अलि धेरै /मट्टीतेल /हाले हुन्छ
 – मनु ब्राजाकी
नखोलेरै /राखिएको /बन्द यौटा /खाम थियो
 भित्र के के /थियो कुन्नि /बाहिर मेरै /नाम थियो
 – ललिजन रावल (बन्द एउटा खाम)

५ पाँच तीन छ अक्षरमा यति हुने १४ अक्षरको मिसरा (५+३+६ सूत्रको)

 कामखोजीमा /बालक /रुन्छ शहरमा
 रोएको धुन/ कसले/ सुन्छ शहरमा
 -सन्तोष स्पन्दन (स्पन्दन -२०६४)

६ चार चार र पाँच अक्षरमा यति हुने १३ अक्षरर्को मिसरा (4x ४+५ सूत्रको )

सुनाउ की /बाँसुरीको /धुन हजुरलाई
 चहान्छु म /त्यो मुटुमा /छुन हजुरलाई
 -सरला जोसी (पत्रिका बाट)

यसरि अक्षरको सन्तुलन मिलाएर गजल निकै लेखिएका छन् |यस्ता गजलहरु गजलकार स्वयमले निर्माण गर्न सक्दछन | यसरी निर्माण गरिएको छन्दलाई नेपाली छन्द वा स्वनिर्मित बहर भनिन्छ | बहर निर्माण गर्दा एउटा मिसरामा कम्तिमा ६ अक्षर् देखि २० अक्षर सम्म हुनुपर्दछ | यसरी स्वनिर्मित बहर बनाउदा भने लयमा ध्यान दिनु आवस्यक छ भने मात्रा बहरमा १० मात्रा देखि ३२ मात्रा सम्म भएका मिसरा रचना गर्न सकिन्छ | यो त रह्यो नेपाली छन्द जसलाई हामी स्वयमले निर्माण गर्न सक्छौ तर यतिले मात्र पुग्दैन मात्रिक र वर्णमात्रिक छन्द दुबैको ज्ञान हुनु उत्तिकै आवस्यक छ |फारसी र संस्कृत निकट सम्बन्ध रहेको भाषा हुनाले छन्द र बहर बीच पनि सम्बन्ध छ | उदाहरारण :

नपर्खेर हुन्छ
नफर्केर हुन्छ
म भित्र छ बेग
नधर्केर हुन्छ
 – सुनिल स्पन्दन (फेसबुक/ पल्लब पत्रिका)

माथिको मिसरा नपर्खेर हुन्छ (ISS ISS ) नेपाली पिंगल छन्दमा शङ्ख नारी छन्द अन्तर्गत पर्दछ | शास्त्रीय मान्यता अनुरुप फउलुन (ISS X २) बहरे मुतकरिब मुरब्बा सलिम अन्तर्गत पर्दछ |
छन्दशास्त्रमा ह्रस्वलाई लघु (I ) रा दीर्घलाई गुरु (S ) भनिन्छ|
 गुरु -गुगुगु (SSS ) दीर्घ
 जस्तै : आकार + ईकार+ ऊकार, एकार, ओकार, औकार अंकार रा अ:कार पर्दछन
 उदाहरण :बिसर्ग लागेका अक्षर फूल ,नेपाली, समीप आदि
लघु -ल ल ल (III ) ह्रस्व
 जस्तै :अकार , इकार, उकार आदि पर्दछन
 उदाहरण : कलह ,कुकुर शिशिर आदि
शब्दको अन्तमा आउने हलन्त (खुट्टा काटिएको ) बर्ण भन्दा पूर्वको अक्षर लघु भएपनि दीर्घ मानिन्छ |
 र हलन्त बर्णको गणना हुदैन
 मित्रबत् – SIS
 भन्छन् – SS
 बस्छन् – SS
मिसरामा पाउको अन्तयमा पर्ने लघु मात्रालाई पनि गुरु मानिन्छ |यो नियम फारसी ,उर्दु र हिन्दी गजलमा भने लागु हुदैन | (डा .घनश्याम )

बढेको नदीमा पसे झैँ भए म
 कतै अनयासै फसे झैँ भए म
म ( अकार) लघु हो तर माथिको मिसरको अन्तयमा म ले गुरु अर्थात् दीर्घ (s )को काम गरेको छ |

अन्तयमा गजल रदिफ काफिया र सामान्य नियमले मात्रै पूर्ण नहुने हुदा बहरबारे छोटो जानकारी खोजिमेली गरेको छु | आशा छ यहाहरुले सल्लाह सुझाब पक्कै पनि दिनुहुनेछ |अनि यो ट्रांस्लेट पद्दतिबाट लेखिएको हुदा ह्रस्व दीर्घ मा देखिएका त्रुटीप्रति क्षमा चहान्छु|

केहि छ्न्दोब्द्द गजलका शेरहरु :
 हट्यो सारा हिलो मैलो हरायो पानीको वर्षा
 भवानीको भयो पूजा चल्यो आनन्दको चर्चा

- लेखनाथ पौड्याल (दशैं)

रातो चन्द्र र सुर्य जंगी निशान हाम्रो
जिउँदो रगतसरि यो बल्दो यो शान हाम्रो
- गोपाल रिमाल (जंगी निशान)

यता हेर्यो यतै मेरा नजरमा राम प्यारा छन्
उता हेर्यो उतै मेरा नजरमा राम प्यारा छन्
- मोतीराम भट्ट
 मफाईलुन् क्ष४(ISSSX4) छन्द -विधाता

मान्छे किनबेच गर्ने पसल पनि देंखे
खराब मान्छे मात्र होइन असल पनि देंखे

- ललिजन रावल (सिरानीमा आँशु)

कसका लागि उन्न थाल्यौ आज फूलमालाहरु
गन तिमि फूलका थुंगा गन्दै छु म प्यालाहरु

-मनु ब्राजाकी (गजल गङ्गा )

उडाएर के भो सेता ती परेवाहरु
लडाईले रगतको खोलि चलेको छ

-कृष्ण पहारी (बारुदका धुँवाहरु)

अँधेरिमै हिड्छु बरु साथ नआउ जून
 आधी बाटफर्क्योउ भने एक्लै पर्छ रुन
-दीपक समीप (भूगोल भित्र नकोरिएको देश)
बहरे मुतकारिब मुसद्द्स सलिम
 फऊलुन X ३ (ISS X ३)

मेरो दिल/को धडकन / तिमी हौ
म बाँचेको जिबन तिमी हौ

- डा.धनु परिश्रमी (मधुपर्क)

बहरे मुतदारिक मुरब्बा सलिम
 फाईलुन x २(SIS X २)

प्यारमै/हेलिएँ
हारमै /जेलिएँ
 -गोर्खे साइलो (मुस्कान)

बहरे हजज मुसद्द्स महजुफ़ (पिंगल छन्द -सुमेरु )
 फाईलातुन +फाईलुन (SISS +SIS )
 आज मेरो मन दुख्यो
 प्रेमले जीवन दुख्यो

- गोपाल अश्क
@खोजिमेली @
 *डा घनश्याम परिश्रमी २०५६ गजलको सैदान्तिक चिनारी
 * ललिजन रावल , बन्द एउटा खाम
 *सन्तोष काफ्ले , स्पन्दन २०६४
 * मधुपर्क , २०६८
 * डा धनश्याम परिश्रमी, गजल सौन्दर्य मिमांशा
 * फेसबुक , पल्लव इ- पत्रिका
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: