Pages

Friday, February 10, 2012

गजल

जिब्रोमा ईंग्लिश नछिरीकन फर्किन्न होला म 
साहुको ऋण नतिरीकन फर्किन्न होला म !!



नौगेडी बाला किनेर ल्याउ भन्दैछे प्यारीले 
सुनको थैला नभिरीकन फर्किन्न होला म !!

आँखामा पर्दा लागेर गयो धनको लोभले 
नजरमा आँफै नगिरीकन फर्किन्न होला म !!

अफ्ट्यारो काम छैन नि दाम मरु कि बाँचु भो 
आँफैले ज्यान नपिरीकन फर्किन्न होला म !!
जीतु खड्का गाउले मोरंग उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: