Pages

Sunday, February 12, 2012

गजल

सजिलो छ लिङ्ग फेर्न फेरे हुन्छ साथी
एक नजर यता पनी हेरे हुन्छ साथी !!


हिजो सम्म पुरुष थे आज नारी भा छु
च्याप्प तानी अङालोमा बेरे हुन्छ साथी !!


जता ततै चर्चा भयो खबर तातो तातो
पत्रकार झै तपाईंले नि घेरे हुन्छ साथी !!


जन्म के हो आज के छौ आँफै लाई सोध
वास्तबिक्ता आँफै भित्र केरे हुन्छ साथी!


जीतु खड्का गाउले
मोरंग उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: