Pages

Tuesday, February 14, 2012

प्रियसी तिमी  हाँसेर आउ
प्रेमको डोरी गाँसेर आउ ||

स्विकार गर्छु  हृदय बाटै
पराइ नाता  माँसेर आउ ||

चर्किन दिन्न त्यो छाती तिम्रो
पुराना घाऊ नाँसेर आउ ||

कलीला मुना उमारौ हामी
छिप्पेका हाँगा छाँसेर आउ ||

लुकाइ राख मुटुको माझ
तस्बिर मेरै टाँसेर आउ !!

जीतु खड्का गाउले
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: