Pages

Saturday, February 25, 2012

गजल

फेरी पनी तुच्छ किन बोल्नुभयो हजुरले
परिचय आफ्नो आफै खोल्नुभयो हजुरले !!


हर बस्तु बिकाउ हुन्न बुझ्नु भयो महासय
आफ्नो भाउ आँफै किन तोल्नुभयो हजुरले !!



स्वाभिमान ठुलो कुरा भन्नु  हुन्थ्यो तपाईं नै
छिमेकीको गोडा किन मोल्नुभयो हजुरले !!


अंध्यारोमा संन्धी भो रे बेच्ने भनी नेपालनै
जनताको भरोषा नै पोल्नुभयो हजुरले !!


जीतु खड्का गाउले
मोरङ उर्लाबारी
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: