Pages

Monday, March 05, 2012

छन्दमा गजल कोर्ने नियम हरु

छन्दमा वर्णहरूलाई ह्रस्व (l) र दीर्घ (S) गरी दुई वर्गमा विभाजन गरिएको हुन्छ ...

ह्रस्व लाई (l) लाई लघु भनिछ भने अथवा १ भनिछ

क. ह्रस्व वर्णहरु - अ इ उ ऋ स्वर र तिनीहरुसँग जोडिएका सबै क कि कु कृ व्यन्जनहरू

दीर्घ लाई(S) लाई गुरु भनिछ,अथवा २    जस्तै -

ख. दीर्घ वर्णहरू - आ ई ऊ ए ऐ ओ औ अम् अ: स्वर र तिनीहरूसँग जोडिएर आउने का की कू के कै को कौ

कं क: आदि 

ग. संयुक्त व्यन्जन प्रयोग भएका शब्दहरू उच्चारण गर्दा यदि अघिल्ला वर्णले पछिल्ला आधा व्यन्जनलाई

तान्यो भने त्यो अघोल्लो वर्ण ह्रस्व भए पनि दीर्घ नै हुन्छ ....जस्तै - 

शब्द उच्चारण दीर्घ वर्ण 
अम्बा अम् +बा अ 

दिन्छ दिन् +छ कि 

लुप्त लुप् + त लु 

घ. संयुक्त व्यन्जनको प्रयोग भएका शब्दमा पनि उच्चारण गर्दा यदि अघिल्लो वर्णले पछिलो आधा

व्यन्जनलाई तान्न सकेन भने चाहिं त्यो वर्ण दीर्घ नभएर ह्रस्व नै हुन्छ .....जस्तै 

शब्द उच्चारण ह्रस्व हुने
गन्यो ग + न्यो ग
बल्यो ब + ल्यो ब
उज्यालो उ + ज्यालो उ

ङ. "अन्याय" जस्ता शब्दको उच्चारणमा न थप भएका कारण दीर्घ नै मानिन्छन 

घ. पाउका अन्त्यमा ह्रस्व दीर्घ जे भए पनि हुन्छ .....जस्तै - अनि उही 

छन्दमा आठवटा गणहरू हुन्छन...तिनै गणका आधारमा सम्पूर्ण छन्दको निर्माण हुने गर्दछ, छन्दका बारेमा

पिंगलले रचना गरेको सजिलो सूत्र छ ...त्यो हो - यमाताराजभानसलगा
अर्थात् -

सूत्र संकेत गण उदाहरण 

१. यमाता lSS या जमाना 

२. मातारा SSS म नेपाली
३. ताराज SSl त आकाश 

४. राजभा SlS र भावना 

५. जभान lSl ज हजार
६. भानस Sll भ आँगन 

७. नसल lll न कमल 

८. सलागा llS स छहरा 
९. ल l (लघु) - म 

१०. गा S (गुरु) - यो 

अब यिनै सूत्र वा नियम भित्र तल मैले (हामीले ) निर्माण गरेका छन्दहरू पनि पर्छन ! दिइएका सूत्रहरू हेरी

 अब यहाँ आफैले पनि चाहेको छन्दमा आफ्ना कविता वा गजलहरू कोर्न सक्नु हुन्छ .... जस्तै - 

छन्द - जवाकस्तूरी

lSS SSl SSS S 

(५ अक्षरमा विश्राम )

सलाई आफैं बनाएँ मैले...
मलाई आफैं जलाएँ मैले...

छन्द - मधुरसा 

lll Sll lSl lSl S 

न भ ज ज गु

(४-४ अक्षरमा विश्राम)

नयनमा नजर थ्यो अरु के भनौं...
अधरमा असर थ्यो अरु के भनौं...

छन्द - सीमन्तिनी 

SSl SSS SlS S 

त म र गु
(५ अक्षरमा विश्राम)

आमा पकाए बोक्सी बनाई...

बाँटेर खाए बोक्सी बनाई...

छन्द - जानकी 

SlS lSS SlS lSS 

( ३ र ९ मा अर्ध विश्राम र ६ मा विश्राम )

राजको जवानी राजमा नि राख्ने 

राजले छकाई लाटलूट पारे...

छन्द - शमाश्री

lll lll SSl lSS lSS
( ८ अक्षरमा विश्राम )

नयन छिन पखालें दिल टाँसेर फोटो...

अनि मुसुमुसु हाँसें दिल टाँसेर फोटो...

छन्द - यार्सागुम्बा 

SSS SlS lSS SSS lSl S 
(८ अक्षरमा विश्राम )

बाजी यस्तो कमाल थ्यो, यार्सागुम्बा थियो जहाँ...
जित्ने कस्ले सवाल थ्यो, यार्सागुम्बा थियो जहाँ...

छन्द - विन्देश्वरी 

lSS SSS SSl SSS SSS S

( आठ अक्षरमा विश्राम)

उनी देख्दा दोबाटोमै ढलेको थें झन्डैझन्डै...

बिहोशीमै माया गर्छु भनेको थें झन्डैझन्डै...

छन्द - राज 

llS lSS llS lSS

(६ अक्षरमा विश्राम)

अभिशाप जस्तो सपना छ यौटै...
बरबाद भा'को घटना छ यौटै...

अब यी छन्दहरू मध्ये कुनै एक चुनी लेख्न सुरु गर्नुस् त ......पहिला यौटा लेखेर मलाई देखाउनुस अनि म

अगाडि अरु कुराहरू पनि क्रमश सेर गर्दै जाने छु ......( यो सिक्न चहानेहरूका लागि गृहकार्य)

पोस्ट राज चापागाइ दाजु बाट सिक्न को लागि सभार गरेको मैले 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: